Comments Add Comment

चितवनमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, गाडीबाट ओर्लिएर फूलमाला ग्रहण

६ फागुन, चितवन । पत्नी कोमल शाहको जन्मदिन मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार चितवन पुगेका छन् । अपरान्ह भरतपुर बिमानस्थलमा पूर्वराजा दम्पत्तिलाई समर्थकहरुले स्वागत गरेका छन् ।

दुई दिन चितवनको मेघौलीमा बिताउन आएका पूर्वराजा दम्पतीलाई भरतपुर विमानस्थलमा राजावादीहरुले ‘राजा आउ, देश बचाउ’ लगायतका नारा लगाउँदै ब्यानर टाँगेर स्वागत गरेका थिए ।

पूर्वराजा शनिबारसम्म चितवनमै रहनेछन् । उनका सवारी चालक सुदन थापाले दिएको जानकारी अनुसार आइतवार उनी पुनः बारा र्फकनेछन् । बा ४ च ३८०७ नम्बरको पजेरो गाडी आफैंले चलाएर पूर्वराजा ज्ञानेन्द्र भरतपुर विमानस्थलबाट बाहिरिएका थिए ।

आरामका लागि भरतपुर गार्डेन रिसोर्ट जाने क्रममा उनले चौबीस कोठीमा भेला भएका समर्थकहरुलाई गाडीबाट ओर्लेर अविवादन गरेका थिए । त्यहाँ उनले समर्थकको स्वागतका रुपमा फूलमाला ग्रहण गरेका थिए । गार्डेन रिसोर्टमा पनि उनले चितवनका राजनीतिक दलका नेताहरुसँग भेट गरेका छन् ।

भ्रमणलाई नितान्त पारिवारिक भनिएको छ । उनी आजै मेघौली पुगेका छन् । पश्चिम चितवनको मेघौलीस्थित बाराही रिसोर्टमा पनि उनले शुभेच्छुकहरुसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment