सोमबार, १५ जेठ, २०७४
OnlineKhabar.com

अप्ठेरो परेर रोल्पा आएँ: प्रधानमन्त्री प्रचण्ड

संविधान कार्यान्वयनमा रोल्पालीको सहयोग पाउने विश्वास

६ फागुन, रोल्पा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले रोल्पाको सदरमुकाम लिबाङमा आज आयोजित प्रथम रोल्पा महोत्सव उद्घाटनको क्रममा सो कुरा बताएका हुन् ।

राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पा युद्ध पर्यटनको उच्च सम्भावना भएको जिल्ला भएको पिन उनले बताए ।

विगतमा गरिएको त्याग तपश्या र बलिदानले युगान्तकारी परिवर्तन सम्भव भएको बताउँदै उनले समानुपातिक समावेशी, सङ्घीयता, धर्म निरपेक्षता र गणतन्त्र बलिदानीको सम्पत्ति भएको उल्लेख गरे ।

युद्धकालमा समेत कठिन र अप्ठेरा दिनमा रोल्पा आएर ऊर्जा थप्ने गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले पनि संविधान कार्यान्वयनमा रोल्पालीको साथ सहयोग माग्न रोल्पा आएको छु ।’

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनाउने श्रेय रोल्पालाई भएको बताउँदै प्रधानमन्त्री दाहालले रोल्पाको विकास र परिवर्तनमा आफू सधैँ लागिरहने बताए ।

राजनीतिक लडाइँमा विजय हासिल गर्दै गणतन्त्रसम्म पुगेको र शान्ति कालमा समेत महत्वपूर्ण योगदान गरेकै कारण रोल्पाले अहिले राज्यका महत्वपूर्ण स्थानमा प्रतिनिधित्व रहेको उनको भनाइ थियो ।

अब क्रान्ति र आन्दोलनबाट भन्दा विकास निर्माणबाट समाजवादको आधार तयार गर्न सकिने नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बताए ।

एकथरी शक्ति सिंहदरबारको अधिकार गाउँसम्म पुग्न दिने पक्षमा नभएको र अर्कोथरी शक्ति पछाडितर्फ फर्कन खोजेको प्रधानमन्त्री दाहालको आरोप थियो ।

प्रधानमन्त्री दाहालसँगै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री वर्षमान पुन पनि रोल्पा आएका छन् ।

रोल्पा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव आज उद्घाटन भई फागुन १२ गतेसम्म चल्ने आयोजकले बताएका छन् ।

२०७३ फागुन ६ गते १७:०९ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
४ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १७:२४

    रोल्पासंग सधै मागीमात्र रहने होकी,

    त्यो ठाउका गरिब नेपालीलाई,

    केहि सुबिधा पनि दिने हो ?

    23
    1
    Share

  • Pradip pande लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १७:३२

    Yo komred ko pani Chala achama, kaile tarai ma love prxha , kaile Garo pare rolpa jancha, Kursi bachaana Bharat jancha . Komred Na sakine bayo timi lahi.

    0
    0
    Share

  • Chet लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १९:५१

    You are in pm and your party is ruling party your government spends 17% development budget in 8 months. What kind of magic are you waiting for pm? Whose help you need where as you and your team is not able to work any good for people.

    0
    0
    Share

  • Saugat Adhikari लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते २२:४८

    सधै, आश्वासन मात्र दिएर बिचरा सोझा साझा रोल्पाली जनता हरुको आखामा छारो नहाल्ने हो कि कमरेड।

    0
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this