६ फागुन, काठमाडौं । राप्रपाका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले हलोलाई नै पार्टीको चुनाव चिन्ह बनाउन माग गरेका छन् ।
एकता महाधिवेशनको उदघाटन सत्रलाई शुक्रबारु सम्बोधन गर्दै राणाले हलोलाई नै चुनाव चिन्ह बनाउन अपील गरे । राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि गाईलाई नै चुनाव चिन्ह बनाउने तयारी छ ।
तर, हलोलाई नै चुनाव चिन्ह बनाउने सहमति भएको भन्दै डा. प्रकाशचन्द्र लोहनीले कमल थापालाई अध्यक्ष बनाउने सहमतिबाट पछि हटेका छन् र, उनले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।
अब राणा पनि हलोलाई नै चुनाव चिन्ह बनाउने पक्षमा देखिए । तर, कमल थापालाई अध्यक्ष बनाउने सहमतिबाट भने उनी पछि हटेका छैनन् । उनले सहमतिबाटै पार्टी नेतृत्व चयन गर्नुपर्ने र यसले मात्र पार्टीलाई देशको प्रमुख शक्ति बनाउन सक्ने बताएका छन् ।