Comments Add Comment

यस्तो चिडियाखाना- जहाँ जनावरलाई होइन, मानिसलाई राखिन्थ्यो

विभिन्न खाले जंगली जनावरलाई राखिने चिडियाखानाको नाम लिँदा नै बच्चाहरु खुसी हुन्छन् । नहोउन् पनि किन ? त्यहाँ अनेकथरीका जंगली चराचुरुंगी तथा जनावर देख्न जो पाइन्छ । तर के तपाइँले एउटा यस्त चिडियाखानाको बारेमा सुन्नुभएको छ, जहाँ जनावर होइन कि मानिसलाई राखिन्थ्यो ?

सायद सुन्नुभएको थिएन होला । युरोपमा यस्ता कैयन् चिडियाखान थिए जहाँ मानिसहरुलाई कैद गरेर राखिन्थ्यो । त्यहाँ महिला तथा बच्चाहरुलाई बन्दी बनाएर राखिन्थ्यो । जिउको रंग अत्यधिक कालो भएका महिलाहरुलाई त्यसरी चिडियाखानमा थुनेर राख्ने गरिन्थ्यो । किनकी आदिवासी मानिसहरुको तुलना उतिबेला जनावरसँग गरिन्थ्यो ।

इतिहासमा जर्मनी तथा इंगल्याण्डमा समेत यस्तै खालका मानव चिडियाखानाहरु बने । त्यहाँ धनीहरुको मनोरञ्जनका लागि गरीब तथा काला जातका मानिसहरुलाई चिडिया घरको पिञ्जडाभित्र राखिन्थ्यो अनि उसलाई सर्कसको जनावर जस्तै गरी नाच्न लगाइन्थ्यो । त्यहाँ बच्चालाई पनि कैद गरिन्थ्यो र चिडियाघरका बच्चाको प्रदर्शनी पनि गरिन्थ्यो । यद्यपि अहिले भने युरोपका सबै देशहरुबाट यस्तो अमानवीय संस्कार हटिसकेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment