Comments Add Comment

सदियौँदेखि एउटै खम्बामा अडिएको छ यो मन्दिर

भूकम्पका कारण काठको टेको लगाएर अड्याइएका कैयन् मन्दिर देख्न पाइन्छ काठमाण्डौमा । कहिले टेको फुस्किन्छ र मन्दिर भत्किन्छ भनेर मानिसहरु त्राहिमाम हुन्छन् । तर चीनमा एउटा यस्तो प्राचिन मन्दिर छ जुन सदियौँ देखि एउटै टेकोमा अडिइरहेको छ ।

चीनको दक्षिणपश्चिमस्थित पहाडी क्षेत्रमा रहेको गंलु मन्दिर यस्तो अनौठो मन्दिर हो जुन सदियौँ देखि एउटा मात्र खम्बामा अडिएको छ । भगवान बुद्धको यो मन्दिरमा विश्वभरका बौद्ध धर्माबलम्बीहरु द्यर्शनका लागि आउँछन् ।

यो मन्दिर जमिनबाट २६० फुट माथि बनेको छ । सन् ११४६ देखि यो मन्दिर एउटा काठको खम्बाको सहारामा अडिएको छ । उक्त एक खम्बे मन्दिर निसन्तान दम्पत्तिहरुकेा लागि ठूलो तिर्थस्थल पनि हो । उक्त मन्दिरमा गएर भगवानको दर्शन गर्नाले निसन्तानहरुलाई सन्तानलाभ मिल्ने जनविश्वास छ ।

यो मन्दिरलाई जुकिया नामका व्यक्तिले आफ्नी आमाको सम्झनामा निर्माण गरेको इतिहासमा उल्लेख छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment