Comments Add Comment

श्रद्धालाई मोबाइल बोक्न प्रतिवन्ध


बलिउड नायिका श्रद्धा कपुर सफल चलचित्रको खोजीमा छिन् । यसैले, उनले आफ्नो नयाँ प्रोजेक्टका लागि खुबै मिहिनेत गरिरहेकी छिन् । श्रद्धा अन्डरवल्र्ड डन दाउद इव्राहिमकी बहिनी हसिनाको भूमिकामा एक चलचित्रमा देखिदैछिन् । यो चलचित्रको हाल धमाधम छायांकन भैरहेको छ । श्रद्धा अहिले हसिनाको ४० बर्षको उमेरको भूमिकामा काम गरिरहेकी छिन् ।

चलचित्रका लागि ७०, ८० र ९० दशकको जस्तो देखिने सेट मुम्बइको फिल्म स्टूडियोमा तयार पारिएको छ । तर, रमाइलो कुरा के छ भने यो चलचित्रको छायांकन सेटमा क्यामेरा, मोबाइल र घडी समेत प्रतिवन्ध लगाइएको छ ।

श्रद्धा र सेटको लुक वाहिर नजाओस् भन्नका लागि निर्माणपक्षले नायिकालाई सेटमा मोबाइल बोक्न नै प्रतिवन्ध लगाइदिएको छ । श्रद्धा अहिले आफ्नो मोबाइल गाडीमा छाडेर सेटमा पुग्ने गरेकी छिन् । साथै, अन्य जुनियर आर्टिस्टहरुलाई त सेटमा घडी समेत लगाउन प्रतिवन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment