Comments Add Comment

लाजिम्पाटमा खुल्यो सम्पदा गार्डेन रिर्सोट


७ फागुन, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा सम्पदा गार्डेन रिर्सोट सञ्चालनमा आएको छ । ५ करोड रुपैयाँ लगानीमा तयार भएको रिर्सोटमा २० वटा कोठा छन् भने यसले ५ दशमलम ५ रोपनी क्षेत्रफल ओगटेको छ ।

रिर्सोटमा सबै रुमहरु डिलक्स रहेको रिर्सोटका जनरल मेनेजर नरेन्द्र मल्लले बताए । उनले भने, ‘राजधानीमा गार्डेनसहितका होटलहरुको सख्या निकै कम छ, पारिवारिक तथा शान्त वातावरण चाहनेका लागि हाम्रो रिर्सोट उपयुक्त छ’


१२ वर्षका लागि भाडामा लिएर संचालन ल्याएको रिर्सोट एक वर्ष अघि नै संचालनमा ल्याउने तयारी थियो । तर नाकाबन्दीका कारण ढिलाइ भएको मेनेजर मल्लले बताए ।

रिसोर्टमा नेपालीहरुका लागि चार हजार रुपैयाँ र विदेशीका लागी नौ हजार रुपैयाँका प्याकेज छ । उनले भने’ सुरुवातको समयमा रिर्सोटमा आउने पाहुनाहरुलाई २० प्रतिशत छुटको ब्यबस्थापन समेत गरेको बताए ।

रिर्सोटमा रेष्टुरेण्ट, कफी सपसहित सबै परिकारका खाना पाइने मेनेजर मल्लले बताए । रिर्सोटमा २०० जनाको क्षमता भएको सेमिनार हलसमेत रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment