Comments Add Comment

युरोपमा नेपाली उडड्यन प्रतिबन्ध छिटै हट्छः परराष्ट्रमन्त्री


७ फागुन, काठमाडौं । परराष्टमन्त्री प्रकाशशरण महतले युरोपेली आकाश माथि लाग्दै आएको उडड्यन प्रतिबन्ध छिट्टै फुकुवा हुने बताएका छन् ।

ब्रसेल्समा आयोजित शान्ति सम्मेलनमा भाग लिएर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री महतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दक्षिण एसियाको उड्डयन सुरक्षा मापदण्ड नेपालले पनि पुरा गरेकाले युरोपेली आकाशमा लगाइएको प्रतिबन्ध फुकाउन गरेको आग्रहमा बेल्जियम र लक्जेम्बर सरकारले पुर्नसमीक्षा गर्ने प्रतिवद्धता जनाएको बताए ।

एसिया प्यासेफिकको उड्डयन सम्बन्धी सुरक्षा मापदण्ड ५९ अंक आवश्यक छ भने नेपालले ५८ दशमलब ४ अंक मात्रै प्राप्त गरेको छ । यद्यपि आफुहरुको आग्रहमा युरोपेली मुलुकका सरकार सकारात्मक रहेको र उड्डयन सम्बन्धी मापदण्डको पुर्नसमिक्षा गर्ने बताएको उनले उल्लेख गरे ।

मन्त्री महतले शान्ति सम्मेलनका क्रममा युरोपेली मुलुकले नेपालको विकास र भूकम्प पछिको पुर्ननिर्माणमा सहयोग गर्ने तथा नेपालको समग्र शान्ति प्रक्रिया लोकतन्त्र संस्थागत तथा निर्वाचनका बारेमा छलफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment