Comments Add Comment

राज्य तहबाट हुने मानवअधिकार उल्लंघनका घटनामा कमी

७ फागुन काठमाडौं । नेपालमा राज्य तहबाट हुने मानव अधिकार हननको घटनामा कमी आएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शनिबार काठमाडौंमा सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०१७ ले राज्य पक्षबाट हुने मानव अधिकार हनन्को घटनामा कमी आएको देखाएको हो ।

यस वर्ष गैर राज्य पक्षबाट ३ हजार भन्दा बढि मानव अधिकार उलंघनको घटना भएको छ । तर, राज्य पक्षबाट ३ सय हाराहारीमा मात्रै मानव अधिकार उलंघनको घटना घटेको भएको इन्सेकको तथ्यांकमा उल्लेख छ ।

पुस्तकमा गत वर्ष राज्य पक्षबाट ४ जनाको ज्यान गएको र गैर राज्य पक्षबाट ५ सय २१ जनाले ज्यान गुमाउनु परेको पनि स्पष्ट पारिएको छ ।

पुस्तक सार्वजनिक गर्दै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मानव अधिकार पुनर्वहालीप्रति सरकार नै उदासिन हुने गरेको तथ्य भुल्न नहुने बताए ।

इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले नेपालमा मानव अधिकार पुनर्वहालीका लागि अझै अध्ययनको खाँचो रहेको औल्याए । उनले अबको एक महिनाभित्रै मधेश आन्दोलनका क्रममा भएका मानव अधिकार हननका घटनालाई समेटेर डिजिटल डकुमेन्ट सार्वजनिक गर्ने प्रतिवद्धता पनि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment