Comments Add Comment

पाथीभरा राष्ट्रिय भलिबलको उपाधि पुलिसलाई

७ फागुन ताप्लेजुङ । दोस्रो राष्ट्रिय पाथीभरा भलिबल प्रतियोगिताको उपाधि नेपाल पूलिस क्लबले जितेको छ ।

राउण्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा नेपाल पूलिसले ११ अंकका साथ उपाधि चुमेको हो । त्यस्तै १० अंक सहित त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ ।

शनिबार भएको निकै प्रतिस्पर्धात्मक अन्तिम खेलमा १९-२५, १५-२५, २५-२०, २५-२२ र १५-११ बनाउँदै ३-२ को सेटमा त्रिभुवन आर्मीलाई नेपाल पुलिसले पराजित गरेको हो ।

यस्तै सशस्त्र प्रहरिको एपीएफले ६ अंक जोड्दै तेस्रो भएको छ भने पूर्वाञ्चलले २ अंकका साथ सान्तवनामा चित्त बुझाएको छ ।

सशस्त्र प्रहरीले २५-१३, २५-१८ र २५-८ को सोझो सेटमा पछि पार्दै तेस्रो स्थान पक्का बनाएको हो ।

प्रतियोगिताका विजेतालाई तीन लाख ३० हजार र उपविजेता लाई १ लाख ६५ हजार पानएको छ । तेस्रो र चौथो हुने टिमलाई नगद ३५/३५ हजार प्रदान गरिएको आयोजक जिल्ला भलिवल संघ ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment