Comments Add Comment

समयमै चुनाव गर्न दलहरु सफल हुने राष्ट्रपतिको विश्वास

७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन समयमै सम्पन्न गर्न राजनीतिक दलहरु सक्षम हुने विश्वास व्यक्त गर्नु भएको छ । साथै निर्वाचन सम्पन्न गर्न बाँकी रहेका आधारहरु तय गर्न सरकार, राजनीतिक दल र निर्वाचन आयोगको ध्यान केन्दि्रत हुुनुपर्नेमा पनि जोड दिइन् ।

प्रथम निर्वाचन दिवसको अवसर पारेर निर्वाचन आयोगले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन गर्ने संवैधानिक दायित्व पुरा गर्न निर्वाचन आयोग सक्षम हुने विश्वास पनि व्यक्त गरिन् । निर्वाचनलाई सरल, सहज, स्वतन्त्र, पारदर्शी र प्रविधि मैत्री बनाउन पनि आयोग सफल हुनु उनको विश्वास थियो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन राष्ट्रिय अभियान भएकाले यसमा साथ दिन सबैमा अपिल गरे । सरकार चुनावको तयारीमा जुटिसकेको भन्दै उनले त्यसमा साथ दिन अन्तराष्ट्रिय समुदायसमेतलाई अपिल गरे । उनले उमेर पुगेका सबै नागरिकहरु मतदानबाट नछुटून भन्नेमा सचेत हुन निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

साथै निर्वाचनका लागि आवश्यक सबै खालको सहयोग उपलब्ध सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।
निर्वाचन आयोगले २०१५ साल फागुन ७ गतेका दिन पहिलो पटक आम निर्वाचन सम्पन्न भएको दिनको स्मरणमा यस वर्षदेखि निर्वाचन दिवस मनाउन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment