Comments Add Comment

‘स्थानीय चुनावको घोषणा कुनै पनि बेला हुन सक्छ’

प्रधानमन्त्रीले भोलि कांग्रेससँग छलफल गर्ने

७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्थानीय चुनावको मिति घोषणाको अन्तिम तयारीमा जुटेका छन् । र, कुनै पनि बेला सरकारले मिति घोषणा गर्न सक्ने प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार मधेसी मोर्चाका नेताहरुलाई बालुवाटारमा बोलाएर चुनावको मिति घोषणामा सहयोग गर्न आग्रह गरेका छन् । चुनाव घोषणा नगरे प्रतिगमनका लागि आधार बन्ने भन्दै कुनै पनि बेला मिति घोषणा हुन सक्ने संकेत गरे ।

साथै चुनाव घोषणालगत्तै संविधान संशोधन प्रक्रिया अघि बढाउने वचन दिएका छन् ।

यद्यपि मधेसी मोर्चाका नेताहरुले सहमति दिएनन्, उल्टै संविधान संशोधन नभई चुनावको मिति घोषणा गरेको आघा घण्टामा आन्दोलन घोषणा गर्ने बताएका छन् ।

शनिबार नै पार्टी हेटक्वार्टरको बैठक राखेर चुनावको तयारीबारे परामर्श गरेका छन् । त्यसअघि प्रचण्डले निर्वाचन आयोगका आयुक्तहरुसँग छलफल गरेका थिए ।

शुक्रबार साँझ भएको उक्त छलफलमा चुनावका लागि आयोगले गरेको तयारीबारे जानकारी लिनुका साथै सरकारले सबै खाले सहयोग गर्ने बचन दिएका छन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले स्थानीय तह पुनर्संरचनासम्वन्धी प्रतिवेदन ग्रहण गर्नासाथ चुनावको मिति घोषणा हुन सक्छ । प्रतिवेदन बुझेर तत्काल निर्वाचन आयोगमा पठाउने र प्रदेश नम्बर दुईको असन्तुष्टिलाई सम्बोधन गर्न मन्त्रिपरिषदबाट अर्को निर्णय गर्ने तयारी छ ।

मन्त्रीस्तरीय अध्ययन कार्यदलले पनि स्थानीय तहको संख्या बढाउन सुझाव दिएको छ । तर, कति संख्या बढाउने भन्ने अझै टुंगो लागिसकेको छैन ।

यसबारे सहमति खोज्न भोलि नै नेपाली कांग्रेससँग छलफल गर्ने तयारी भइरहेको छ । प्रमुख विपक्षी नेकपा एमालेसहित मधेसी मोर्चाको बैठक पनि बस्ने सम्भावना छ ।

माओवादीका एक नेताका अनुसार भोलि नै चुनाव घोषणा गर्ने भन्ने त निर्णय भइसकेको छैन । तर, कुनै पनि बेला चुनावको मिति घोषणा हुनसक्छ । उनले अघि भने, स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन मन्त्रिपरिषदले स्वीकार गर्‍यो भने भोलि नै पनि चुनावको मिति घोषणा हुन सक्छ ।’

निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि जेठ १ र २१ को मिति प्रस्ताव गरेको छ ।

यही मिति घोषणा गर्ने कि अघि सार्ने भन्ने बहसमै छ । सत्ता साझेदार नेपाली कांग्रेसले सकेसम्म पहिलो चरणको चुनाव वैशाखमै गर्न दबाव दिएको छ ।

र, माओवादीमा पनि आन्तरिम छलफल भइरहेको छ । निर्वाचन आयोगसँग सम्वाद भइरहेकाले मिति टुंगो लाग्न बाँकी रहेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment