Comments Add Comment

आजदेखि पूर्वाधार सम्मेलन, भारतीय रेलमन्त्री काठमाडौंमा

८ फागुन, काठमाडौं । दोस्रो पूर्वाधार शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन भारतका रेलमन्त्री सुरेश प्रभाकर प्रभु शनिबार काठमाडौं आएका छन् ।

नेपालको पूर्वाधार विकासमा नयाँ सोच र प्रविधिको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता र भूमिकाबारे छलफल हुने बताइएको छ ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय, नेपाल उद्योग परिसंघ र युवा निर्माण व्यवसायी संघले आयोजना गरेको सम्मेलनमा विभिन्न सरकारी तथा गैरसरकारी निकाय, द्विपक्षीय एवं बहुपक्षीय विकास साझेदारहरूको सहभागिता रहनेछ ।

सम्मेलनमा नेपाल लगानी बोर्डले सुरु गरेका करिब ५० वटा सम्भाव्य पूर्वाधार परियोजनाको प्रदर्शनीसमेत हुने आयोजकले बताएका छन् ।

आइडिया स्टुडियोको सहकार्यमा परिसंघले विभिन्न व्यक्ति तथा संस्थाबाट संकलन गरेका पूर्वाधार विकाससम्बन्धी अवधारणा प्रस्तुत हुनेछन् ।

सम्मेलन आइतबार र सोमबार चल्नेछ । होटल सोल्टीमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment