Comments Add Comment

बेलको गोलसँगै रियल मड्रिड विजयी

८ फागुन, काठमाडौं । झण्डै तीन महिनापछि मैदान फर्किएका ग्यारेथ बेलको गोलको मदतमा रियल मड्रिडले ला लिगामा स्पानियोललाई हराएको छ । यससँगै उसले ३ अंकको अग्रता कायम गरेको छ ।

शनिबार राति भएको खेलमा रियल मडि्रडले स्पानियोललाई २-० गोल अन्तरले हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले ३३ औं मिनेटमा मोराटाको गोलबाट अग्रता लिएको थियो । ८३ औं मिनेटमा बेलले गोल गर्दै जित सुनिश्चित गरे । उनले इस्कोको पासमा गोल गरेका हुन् ।

जितपछि लिग लिडर रियल मड्रिडको २१ खेलबाट ५२ अंक छ भने दोस्रो स्थानमा रहेको सेभिल्लाको २३ खेलबाट ४९ अंक छ र बार्सिलोना ४८ अंकसहित तेस्रो स्थानमा छ र उसले २२ खेल खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment