Comments Add Comment

एइबरलाई हरायो, बार्सिलोनालाई उछिन्यो

८ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले एइबरलाई हराएको छ र, बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा सेभिल्लाले एइबरलाई २-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा ३० औं मिनेटमा पाब्लो साराबियाको गोलबाट अग्रता लिएको थियो । खेलको अन्त्यतिर भिटोलोले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।

जितसँगै २३ खेलबाट ४९ अंक जोडेको सेभिल्लाले बार्सिलोनालाई पछि पारेको छ र दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको ४८ अंक छ र उसले एक खेल कम खेलेको छ भने लिग लिडर रियल मड्रिडको २१ खेलबाट ५२ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment