Comments Add Comment

बीस गजलकारको ‘कैफियत २’ सार्वजनिक

काठमाडौं । २० जना गजलकारको चार सय गजल समेटिएको संयुक्त गजलसङ्ग्रह ‘कैफियत–२’ सार्वजनिक भएको छ ।

राजधानीको नेपाल प्रज्ञा-प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा गजलका माली ज्ञानुवाकर पौडेलले कृति लोकार्पण गरे । लोकार्पणपछि मन्तव्य दिँदै अग्रज गजलकार पौडेलले अघिल्लो कैफियतभन्दा यो सङ्ग्रहले नेपाली गजललाई अझ व्यापकता दिने दाबी गरे ।

कैफियत २ मा सानु शर्मा, वरुण लामिछाने, खगेन्द्र अटल, कोपिला कुँवर, के.वि. धुवाँले, गणेश भट्ट अणु, नरेन्द्र बिहानी, मुक्त उदास लगायत २० गजलकारको २०/२० वटा गजल छन् । कार्यक्रममा २० मध्ये १५ गजलकार उपस्थित थिए । उनीहरुले सङ्ग्रहबाट आफ्नो गजल सुनाउँदा कार्यक्रममा माहौल छाएको थियो ।

प्रोल्लास सिन्धुलीय र बाबु त्रिपाठीको संयोजनमा प्रकाशित भएको कैफियत २ साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो । ०७० सालमा प्रकाशित ‘कैफियत’ को पहिलो भागमा पनि २० गजलकारको सिर्जना समेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment