Comments Add Comment

पत्रकार महासंघ ताप्लेजुङ अध्यक्षमा राजेन्द्र श्रेष्ठ

फागुन ८, ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको अध्यक्षमा राजेन्द्र श्रेष्ठ बहुमतले निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्दी आनन्द गौतमलाई पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले ३३ मत प्राप्त गरे भने गौतमले ३ मत मात्र पाएको निर्वाचन समिति सदस्य बलराम भट्टराईले बताए ।

दुई उपाध्यक्षमा प्रयास लिम्बु र अमृता थलंङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा रविन भट्टराई र सहसचिवमा केशव आचार्य पनि निर्विरोध चयन भएका छन् ।

त्यस्तै नयाँ कार्यसमितिको समाबेसी सहसचिवका लागि भएको निर्वाचनमा सूर्य प्रसाद लिम्बु (आलोक)लाई पराजित गर्दै दिनेश लिङ्खिम विजयी भएका छन् । कोषाध्यक्षमा ३२ मतका साथ ईन्द्र बजगाई विजयी भए । उनका प्रतिद्वन्दी निमा शेर्पाले तीन मत प्राप्त गरे । त्यस्तै जनजाती सदस्यमा प्रकास लिम्बु, सदस्यहरुमा सजन पौडेल, संगीता कार्की, साहारा लंवा र कमलप्रसाद विस्ट विजयी भएका छन् ।

अधिवेशनमा प्रेस चौतारी र प्रेश सेन्टर संयुक्त प्यानल बनाएर चुनाबमा उत्रिएको थियो । प्रेस युनियनसहित अन्य संगठन एक भएर चुनाबमा उत्रिए पनि नोमिनेसन दर्ता गरे पनि अन्तिममा चुनाबमा भाग नलिने भन्दै बारिएका थिए ।

अधिवेशनले कार्यसमितिसहित ८ प्रदेश पार्षद र पाँच केन्द्रीय पार्षद चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment