Comments Add Comment

किम जोङ नमको हत्याको तार उत्तर कोरियासँग जोडियो ?

८ फागुन, काठमाडौं । किम जोङ नमको हत्याको आरोपमा मलेसिया प्रहरीले एक उत्तर कोरियाली नागरिकलाई पक्राउ गरेको छ ।

नम उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी भाइ हुन र, उनको १४ फेब्रअरीमा क्वालालम्पुरमा हत्या भएको थियो । मकाउ उड्ने तयारीमा रहेका उनीमाथि विमानस्थलमा विषालु सुई हानिएको थियो ।

४६ वषर्ीय के री जोङ चोल नाम गरेका व्यक्तिलाई सेलोङ्गोरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले इण्डोनेसियाका महिला, मलेसियाकै एक पुरुष र महिलालाई पक्राउ हिरासतमा लिएर सोधपुछ गरिरहेको छ ।

प्रहरीले अनुसार उनीमाथि केमिकल आक्रमणमा दुई महिला संलग्न देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment