Comments Add Comment

अनौठो मन्दिर, जहाँ देवीलाई चढाइन्छ हतकडी र साङ्ग्लो

भगवानलाई खुसी पार्न भन्दै भक्तजनहरुले मन्दिरमा गई फलफूल तथा प्रसाद अर्पण गर्दछन् । देवीको मन्दिरमा नरिवल, सिन्दुर, चुरा, धागो, वस्त्र तथा भेटी आदि चढाउने गरिन्छ । तर यो दुनियाँमा एउटा यस्तो देवीको मन्दिर पनि छ जहाँ देवीलाई फूल, प्रसाद वा भेटी होइन, हतकडी र फलामे साङ्ग्लो चढाइन्छ ।

भारतको प्रतापगढ जिल्लास्थित जोलर ग्राम पञ्चायतमा रहेको दिवाक माताको प्राचीन मन्दिर यस्तो विचित्र मन्दिर हो । घना जंगलमा रहेको छ यो मन्दिर । अग्लो पहाडमा अवस्थित यो मन्दिरको चारैतर्फ घना जंगल छ । यो मन्दिरको विशेषता के भने त्यहाँ पुग्ने भक्तजनहरुले मन्दिरमा हतकडी तथा फलामे साङ्ग्लो देवीलाई चढाउँछन् ।

टाढा टाढाबाट आउने भक्तजनले देवीलाई हतकडी तथा फलामे साङ्ग्लो चढाउनुको कारण रोचक छ । मन्दिरमा राखिएका केही साङ्ग्ला त २ सय वर्षभन्दा बढि पूराना छन् । दिवाक माताको नामले ती हतकडी तथा फलामे साङ्ग्ला आफै खुल्ने विश्वास गरिन्छ ।

एक समय थियो जब मालवको उक्त क्षेत्र खतरनाक डाँकाहरुको बिगबिगी थियो । उक्त मन्दिर डाँकाहरुको आस्थाको केन्द्र थियो । चोरी गर्न सफल भएमा र पुलिसले पक्राउ नगरेमा आफूले हतकडी तथा सांग्लो चढाउने भनी भाकल गर्दथे डाँकाहरुले ।

किम्बदन्ती अनुसार निकै चर्चित डाँका पृथ्वीराणाले जेलमा रहँदा दिवाक मातासँग भाकल गर्यो की यदि आफू जेल फोडेर निस्किन पाएमा सिधै देवी मन्दिरमा दर्शन गर्न जाने । दिवाक माताको नाम सम्भिmने बित्तिकै उसको हातका हतकडी तथा फलामे सांग्लो आफै खुस्कियो र ऊ जेलबाट भाग्न सफल भयो । त्यसपछि ऊ सिधै दिवाक माताको मन्दिरमा गएर आफ्ना हतकडी तथा सांग्लो देवीलाई चढायो ।

त्यो घटनापछि उक्त मन्दिरमा हतकडी चढाउने चलन सुरु भयो । विभिन्न अपराधमा जेलमा रहेका कैदीमा आफन्तहरुले कैदी जेलबाट छुटोस् भन्ने कामना गर्दै तथा अन्य मानिसले समेत आफू जेलमा पर्नु नपरोस् भन्ने कामना गर्दै उक्त मन्दिरमा गई देवीलाई हतकडी र सांग्ला चढाउने प्रचलन झांगिएकेा छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment