Comments Add Comment

लेखेको कुरा गलत भएपछि पत्रकारले चपाए आफ्नै पत्रिका

स्थानीय एक खेलकुद टोलीका विषयमा आफूले पत्रिकामा लेखेको समाचार गलत ठहरिएपछि एकजना पत्रकारले पत्रिका नै चपाएर खाएका छन् ।

घटना बेलारुसको हो । त्यहाँको एक चर्चित खेल पत्रिका प्रेसबलका पत्रकार भेचेस्लाभ फेडोरेन्कोभले कन्टिनेन्टल हकी लिग खेलमा डाइनामो मिन्स्क क्लब प्लेअफ चरणमा पुग्न नसक्ने भनी पत्रिकामा लेखेका थिए । तर उनको उक्त भविष्यवाणी गलत ठहरिएपछि उनले आफ्नो बाचा पूरा गर्दै आफूले पत्रिकामा लेखेर गरेको गल्ती स्विकार गर्दै आफ्नै अक्षरहरु खाए । अर्थात् आफ्नो गलत समाचार छापिएको पत्रिका उनले चपाएर खाए ।

उनी मिन्स्क एरिनाको प्रेस सेन्टरमा आए एउटा पत्रिका लिएर । उनले एउटा कपमा सुप पनि ल्याएका थिए । त्यसपछि उनले पत्रिका च्यात्दै सुपसँग चपाउँदै खाँदै गरे । सुप सकिँदासम्म उनले उक्त पत्रिकाको आधा भाग खाइसकेका थिए ।

उनले पूरै पत्रिका खान भने सकेनन् । पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो मनपर्ने टोलीका लागि आफू जे पनि गर्न तयार रहेको बताए । तर यस्तो बाचा गर्नुपुर्व भविष्यमा दुईपटक सोँच्ने उनले बताएका छन् ।

आफ्नो विषयमा गलत समाचार लेख्ने पत्रकारलाई त्यसरी पत्रिका नै खानका लागि डाइनामो मिन्स्क क्लबले कुनै दबाब दिएको थिएन । तर पत्रकारले आफ्नो गलत समाचारप्रति माफी माग्दै आफै पत्रिका नै खाएपछि क्लबका प्रशिक्षक पनि मख्ख नपर्ने कुरै भएन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment