Comments Add Comment

एप्पलको आलिशान अफिस बारेका केही रोचक तथ्य

एप्पलको भव्य कार्यालयलाई एप्पल क्याम्पस पनि भनिन्छ । यो क्याम्पस एप्पलका सह संस्थापक स्टिभ जब्सको सपना मानिन्छ । उनी क्यालिफोर्नियामा एप्पलको सबैभन्दा ठूलो तथा दुनियाँको सबैभन्दा उत्कृष्ट कार्यालय बनाउन चाहन्थे । लामो समयदेखि यसको निर्माण भैरहेको छ ।

यही वर्ष सन् २०१७ मा एप्पलको कार्यालयको निर्माण कार्य पूरा हुने अनुमान गरिएको छ । एप्पलको यो कार्यालय बारेका केही तथ्य यस्ता छन्-

· एप्पलको यो मुख्यालय बनाउनका लागि अहिलेसम्म ५ अर्ब डलर भन्दा बढि खर्च भैसकेको छ । अहिलेपनि यसको निर्माणकार्य जारी छ ।

· यो कार्यालय २८ लाख वर्गफिटमा फैलिएको छ । ४ तले यो कार्यालयमा १३ हजार कर्मचारीले सजिलैसँग काम गर्न सक्दछन् ।

· यो भवनमा विश्वकै सबैभन्दा ठूलो मोडिएको काँचको प्रयोग गरिएको छ । यसको तारैतर्फ ३ हजार वटा घुमाउरो काँचको प्रयोग गरिएको छ ।

· कार्यालय परिसरलाई हराभरा बनाउनका लागि ७ हजार भन्दा धेरै रुख रोपिएको छ ।

· यो भवनको लिफ्टमा लगाइएका बटनहरु आइफोनका बटनजस्तै छन् । त्यहाँ काम गर्ने कर्मचारीबाटै त्यसको खुलासा भएको छ । साथै ट्वाइलेटको डिजाइन पनि एप्पलका प्रडक्टहरुसँग मिल्दोजुल्दो रहेको छ ।

· यो कार्यालय बनाउनका लागि कति नियमको पालना गरिएको छ भन्ने कुराको अनुमान यस कुराबाट गर्न सकिन्छ की कार्यालयमा काठको प्रयोग गर्नका लागि समेत ३० पेजको निर्देशिका रहेको छ ।

· अफिसको निर्माणकार्य पूरा भैसकेपछि त्यहाँ केवल स्टिभ जब्सको फिंगरपि्रन्ट मात्र हुनेछ ।

· निर्धारित समय अनुसार यो कार्यालय सन् २०१५ मै निर्माण भैसक्नुपथ्र्यो । तर विभिन्न परिवर्तनहरुले गर्दा यसको उद्घाटनको मिति पछाडि धकेलिरहेको छ । एप्पलका सिइओ टिम कुकका अनुसार यसको उद्घाटन यहीँ वर्ष हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment