Comments Add Comment

चुनावको मिति घोषणा गर्न कांग्रेस र माओवादी सहमत

८ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छिट्टै चुनावको मिति घोषणा गर्न सहमत भएका छन् ।

प्रधानन्त्री निवास बालुवाटारमा आइतबार विहान बसेको कांग्रेस र माओवादीको बैठकले मधेसी मोर्चाले भने जस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने अवस्था नभएको निष्कर्ष निकालेको छ ।

बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, कति घन्टा र समयभित्र हुन्छ म भन्न सक्दिँन । तर, चुनावको मिति घोषणा हुन्छ ।’

प्रवक्ता पम्फा भुसालका अनुसार मिति घोषणा अघि स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन स्वीकार गरिनेछ । साथै मधेसी मोर्चासँग छलफल गरेर स्थानीय तहको संख्या बढ्छ भन्ने बचन दिइनेछ ।

लगतै निर्वाचन आयोगसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने र संविधान संशोधन प्रक्रिया पनि अघि बढाउने भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment