Comments Add Comment

मैलुङ खोलाले स्थानिय र सर्वसाधारणलाई १० लाख सेयर जारी गर्ने

औसतभन्दा कमजोर रेटिङ


८ फागुन, काठमाडौं । मैलुङ खोलाले स्थानिय बासिन्दाको लागि ३ लाख ६८ हजार १ सय ४३ कित्ता र सर्वसाधारणको लागि ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले हाल बैंकको लागि तिरिरहनु परेको ऋण भुक्तानी गर्न सेयर जारी गर्न लागेको हो । कम्पनीमा बैंकको ६१ करोड ५० लाख रुपैयाँ ऋण रहेको छ ।

सकारात्मक पक्ष

८९ प्रतिशत पावर लोड फाक्टर सम्भौता गरिएकोमा ६६ प्रतिशत रहेको, पेनाल्टी तिर्नुपर्ने अवस्था रहेपनि हाल १० मेगावाटभन्दा कम लाई माफी दिइएको छ ।
२०१७ जुलाईबाट बैंकको ऋणको सावाँ भुक्तानी सुरु गर्न सक्ने, सावाँ भुक्तानीको दर बढ्न सक्ने र हाल ८.७५ प्रतिशत कर्जाको व्याज दर रहेकोले फाइदा हुने

नकारात्मक पक्ष

इक्रा नेपालबाट ४ रेटिङ प्राप्त , अधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत
एक मात्र आयोजना सञ्चालनमा
तोकिएको समयभन्दा १७ महिना ढिलो आयोजना सञ्चालनमा आएको कारण ८ करोड ९० लाख पेनाल्टि तिर्नु परेको
शुरुवाती वर्षमा संस्थापकहरुबाट ऋण लिएर पेनाल्टी तिरिएको र हाल मासिक ३० प्रतिशतको दरमा भुक्तानी भइरहेको
भुकम्पको कारण २०१६ मा सञ्चालन अवरुद्ध
भुकम्पबाट केही क्षति पुगेको कम्पनीले दाबी गरेकोभन्दा कम रकम प्राप्त । दाबी रकम १४ करोड रहेकोमा भुक्तानी ९ करोड ६० लाख मात्र

चुनौती

बैंकको ६१ करोड ५० लाख रुपैयाँ ऋण, २.८५ प्रतिशतले वृद्धि हुनसक्ने

अन्य जानकारी

५ मेगावाटको मैलुङ हाइड्रो इलेक्ट्रोनिक प्रोजेक्ट
९० करोड ४० लाखमा निर्माण
७० प्रतिशत कर्जा र ३० प्रतिशत सेयर लगानीमा निर्माण
स्वपान मल्टिपल कम्पनीको ४४.७६ प्रतितश, एशिया प्यासिफिक पावर टेकको ३.८३ प्रतिशत र अन्य १ सय ५७ संस्थापकहरुको लगानी

२०१४ जुलाईबाट सञ्चालनमा
भुकम्प पछि केही समय अवरुद्ध भएको उत्पादन अगष्ट २०१६ बाट सुचारु
२०१५ मा ३० लाख रुपैयाँ खुद नाफामा र कर, ह्रासकट्टी अघिको नाफा ८ करोड ९० लाख
१ सय ५७ संस्थापकमा एक जना वा संस्थाको लगानी अधिकत्तम २.३१ प्रतिशतसम्म
सेयर जारीपछि संस्थापक सेयर स्वामित्व हिस्सा ७० प्रतिशतमा सिमित हुने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment