Comments Add Comment

होलीको अवसरमा मेलवर्नमा हुने भो सांगितिक जात्रा

मेलवर्न । रंगहरुको पर्व होली अष्ट्रेलियाको मेलवर्नमा भव्यरुपमा मनाइने भएको छ । एस इभेन्ट्स एन्ड मल्टिमिडियाले होलीको अवसरमा सांगितिक जात्रा आयोजना गर्दैछ ।

मार्च पाँच तारिकमा हुने सांगितिक जात्रामा नौ जना कलाकारहरुको प्रस्तुति रहने छ । बर्नसविकको गिल्पिन पार्कमा प्रशान्त तामाङ, सन्जिव सिंह, लोक गायक प्रजापती पराजुली र एक्सिस ब्यान्डको विशेष प्रस्तुति रहने आयोजक एस इभेन्ट्स एन्ड मल्टिमिडियाले जनाएको छ ।

स्थानीय कलाकारहरुको समेत सहभागिता रहने उक्त सांगितिक जात्रा मध्याह्न्न १२ बजेदेखि राति ८ बजेसम्म चल्ने छ । संगीतिक जात्रामा प्रवेश निःशुल्क राखिएको छ ।

कार्यक्रमबाट सबैखालका दर्शकहरुले भरपुर मनोरन्जन लिन सक्ने एस इभेन्ट्स एन्ड मल्टिमिडियाका निर्देशक सुनोद श्रेष्ठले बताए ।

कार्यक्रममा खानेकुराका बिभिन्न स्टलहरुका साथै बालबालिकाहरुको मनोरञ्जनका लागि जम्पिङ क्यासल, एनिमल फार्म, पोनी राइट समेत राखिने छ ।

एस इभेन्ट्स एन्ड मल्टिमिडियाले सन् २०१२ बाट सुरु गरेको संगीतिक जात्राको यो पाँचौ संस्करण हो । यसअघि हरेक दुई वर्षमा हुँदै आएको सांगीतिक जात्रा यस वर्षदेखि वर्षेनी गर्ने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment