Comments Add Comment

विश्व क्रिकेट लिगः नेपाल र केन्याको खेल कीर्तिपुरमै हुने

८ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै हुने भएको छ ।

आईसीसीका अनुसार पहिलो खेल फागुन २८ मा हुनेछ भने दोस्रो खेल फागुन ३० मा हुनेछ । आईसीसीले आफ्नो वेबसाइटमा नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने जनाएको छ ।

आठ टोली सहभागी प्रतियोगिताको चौथो चरणका खेलहरु सकिँदासम्म नेपाल ६ अंकसहित पुछारबाट तेस्रो स्थानमा छ । २ अंक बढी रहेको केन्या नेपालभन्दा एक स्थान अगाडि छ ।

२०१५ देखि सुरु भएको प्रतियोगिता यो बर्षभर चल्नेछ । प्रतियोगिताको शीर्ष चार टोलीले इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकप क्रिकेटको छनौट खेल्न पाउनेछन् ।

नेपालले यसअघि कीर्तिपुरमै भएको खेलमा नामिवियालाई दुवै खेलमा हराएको थियो । प्रतियोगिताको शीर्ष चारमा रहन नेपालका लागि बाँकी सबै खेल निक्कै महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment