Comments Add Comment

पल र आँचलको बोल्ड केमेष्ट्री


सार्वजनिक भएका केहि तस्बिरलाई हेर्ने हो भने पनि नायक पल शाह र नायिका आँचल शर्माविचको केमेष्ट्री चलचित्र ‘जोनी जेन्टलम्यान’मा बोल्ड देखिएको छ ।
यो चलचित्रमा पल र आँचल प्रेमको रंगमा घोलिएको देख्न सकिन्छ । नितिन चन्द ठकुरीले निर्देशन गरेको यो चलचित्र आउँदो बर्षको जेठमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।

रियल लाइफमा समेत प्रेममा रहेका पल र आँचलको करिअरमा समेत यो चलचित्रले महत्वपूर्ण अर्थ राख्छ । ‘नाई नभन्नु ल ४’बाट चलचित्र भित्रिएका यी दुइको कामको तारिफ यो चलचित्रबाट खासै भएन ।

यसैले पनि, पल र आँचलका लागि करिब ५ महिना लगाएर खिचिएको यो चलचित्र चल्न आवश्यक छ । के यी, तस्बिर हेरिसकेपछि तपाई दुइको बोल्ड केमेष्ट्रीलाई लिएर उत्साहित हुनुहुन्छ ?
पल र आँचलसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment