Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्रले भने- हिन्दु धर्म बोल्ने कुरा होइन, मनमा राख्ने हो (भिडियोसहित)

८ फागुन, चितवन। पूर्वराजा ज्ञानेन्द्र शाहले चितवनको नारायणी नदी किनारमा आयोजित विराट गोरक्षा महायज्ञमा गाईको पूजा तथा हवन गरेका छन् ।

गाईको संरक्षण गर्ने उद्देश्यले आयोजित महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित सहभागी भए । महायज्ञबाट फर्किने क्रममा पत्रकारहरुले हिन्दु धर्म संरक्षणबारे सोधेको प्रश्नमा शाहले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘हिन्दु धर्म बोल्ने होइन, मनमा राख्ने कुरा हो ।’

हेर्नुहोस् भिडियो 

ज्ञानेन्द्र र कोमलले एक जोडी गाईको पूजासमेत गरेका थिए । उनीहरुले करिब पाँच सय मिटर लामो पैदलयात्रा गरेका थिए । सो क्रममा स्थानीयले दिएको पुष्पगुच्छा समेत उनीहरुले ग्रहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment