Comments Add Comment

कमल थापाविरुद्ध प्रदीप विक्रमको उम्मेदवारी दर्ता

८ फागुन, काठमाडौं । राप्रपा महाधिवेशनमा कमल थापाविरुद्ध प्रदीप विक्रम राणाले उम्मेदवारी दर्ता गराएका छन् । उनी आफै महाधिवेशनस्थल भृकुटीमण्डप पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रिय अध्यक्ष राणाको उम्मेदवारी दर्ता नम्बर २७ हो ।

राणामाथि दुर्व्यवहार

कमल थापाले पार्टीलाई एकलौटी रुपमा चलाउन खोजेको भन्दै राणाले पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा लड्ने घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर बाहिरिएलगत्तै राणामाथि एक समूहले दुर्व्यवहार गरेको छ । उनले आफूलाई कमल थापाका कार्यकर्ताहरुले दुर्व्यवहार गरेको बताए ।

रिपोर्टर्स क्लबबाट बाहिरिएलगत्तै एक समूहले राणालाई घेरा हालेको थियो । उक्त दृष्य पत्रकारहरुले क्यामरामा कैद गर्न थालेपछि सो समूह पछाडि हटेको थियो ।

महाधिवेशनको बन्दसत्रमा पनि आफूमाथि दुर्व्यवहार भएको राणाले पत्रकार सम्मेलन गरी बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment