Comments Add Comment

१७ सडक र महाकाली पुलका लागि भारतले दियो ‘नो अब्जेक्सन लेटर’

सडक-पुल आयोजनामा भारतको ३४ अर्ब सहयोग

८ फागुन, काठमाडौं । भारतले आफ्नो ऋण सहयोगमा बन्ने १७ वटा सडक र महाकाली पुलका लागि टेण्डार गर्न ‘नो अब्जेक्शन लेटर’ दिएको छ ।

नेपाल भ्रमणमा रहेका भारतका केन्दि्रय रेलमन्त्री सुरेश प्रभुले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई भारतीय विदेश मन्त्रालयबाट आएको ‘नो अब्जेक्सन लेटर’ हस्तान्तरण गरे ।

अब भारतको आयात-निर्यात एक्जिम बैंकमार्फत प्राप्त हुने ३४ अर्ब लगानी गर्ने बाटो खोलेको छ ।

भारतले सडकको दोस्रो चरणको परियोजनाका लागि ३.४ बिलियन अमेरिकी डलर ऋण दिने सम्झौता यसअघि नै गरिसकेको थियो ।

अब एक्जिम बैंकसँग छलफल गरेर भारतीय ऋण सहयोगमा बन्ने सडकको टेण्डर आहृवान गरिने सडक विभागका महानिर्देशक देबेन्द्र कार्कीले जानकारी दिए ।

‘मंगलबार नै एक्जिम बंकसँग बैठक राखिएको छ । अब केही हप्ताभित्रै भारतीय ऋणमा बनाइने सडकका लागि टेण्डर हुन सक्छ, उनले भने ।

सडक विभागले यो प्रोजेक्ट अन्तरगत १७ वटा सडक र महाकाली पुलको डिपीआर तयार गरेर भारतलाई ५ महिना अघि नै स्वीकृतिका लागि पठाएको थियो । ५ महिनापछि बल्ल भारतले टेण्डरमा जान सक्ने गरी नेपाललाई अनुमति प्रदान गरेको छ ।

‘एक्जिम बैंक सफ्ट लोन दिन तयार छ । हामीले निर्माण प्रक्रिया थाल्न अब अन्तिम तयारी गरिरहेका छौं’ सडक विभागका महानिर्देशक कार्कीले भने ।

भारतीय ऋणमा बनाइने सडक निर्माणको जिम्मा भारतीय ठेकेदारले नै पाउनु पर्ने भारतको शर्त छ, जसमा नेपाली ठेकेदार मिलेर काम पनि गर्न सक्छन् ।

तर, भारतीय ठेकेदारको काम सन्तोषजनक छैन ।

भारतले हुलाकी राजमार्गमा नेपाल आफैंले लगानी गरेर निर्माण गर्न लागेको खण्डका लागि पनि सहमति दिएको छ ।

यसअघि ठेक्का लागेर पनि काम नभएका हुलाकी राजमार्गका खण्डमा काम अघि बढाउन नेपालले भारतसँग सहमति मागेको थियो ।

भारतले सम्झौताअनुरुप अनुदान दिने र बाँकी लाग्ने खर्च नेपालले बेहोर्ने गरी सहमति आएको मनत्रालय स्रोतले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment