Comments Add Comment

रुपन्देहीमा प्रहरी चौकीमा ढुंगामुढा, प्रहरीको हतियार लुटियो

८ फागुन, भैरहवा । रुपन्देहीको दक्षिणी मर्चवारको क्षेत्रको तनावग्रस्त बनेको छ । स्थानियहरुले प्रहरी चौकी वडवलियामा ढुगांमुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए ।

झडपको क्रममा प्रहरीको साथमा रहेको एउटा हतियार लुटिएको उनले बताए । ‘झडपको क्रममा प्रहरीको एउटा लङ ब्यारेल गन -हतियार) लुटिएको छ’ एसएसपी थापाले भने, ‘हतियारको खोजी भइरहेको छ ।’

शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो । यो घटनालाई नै झडप भएको भएका र यसमा सिके राउतका कार्यकर्ता संलग्न हुन सक्ने प्रहरीको आशंका छ ।

स्थिति नियन्त्रणमा लिन डीएसपीको कमाण्ड थप टोली मर्चवार क्षेत्रमा पठाइएको छ ।

झडपमा ३ जना प्रहरी पनि घाइते भएका छन् । स्थानीयका अनुसार असुरैना ७ का कतारु नामक व्यक्ति समेत घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment