Comments Add Comment

चीनलाई जोड्ने ‘सूपर हाइवे’ बनाउन पूर्व अर्थमन्त्रीको प्रस्ताव


८  फागुन, काठमाडौं । पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको विकास गर्ने हो भने फास्ट ट्रयाक निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । इन्भेष्टमेन्ट समिटमा सम्बोधन गर्द पाण्डेले फास्ट ट्रयाक निर्माण ढिलाइ हुँदा विकासको बाटो पनि प्रभावित भएको बताए ।

‘हामीले धेरैभन्दा धेरै आयोजनालाई प्राथमिकता राख्यौं तर काम गर्न सकेनौं, त्यसैले साँच्चै देशको बिकास गर्ने हो भने फास्ट ट्रयाक नेपालको लागि आवश्यक छ,’ पाण्डेले भने ।

उनले फास्ट ट्रयाक बनेमा हाल खपत हुँदै आएको ५२ प्रतिशत इन्धन बचत हुने मात्रै नभई त्यति नै पुँजी परिचालन हुने समेत स्पष्ट पारे ।

पाण्डेले चीनतर्फ जोड्न उच्च कोटीको राजमार्ग (सूपर हाइवे)देखि १५ शहर निर्माणको प्रस्ताव समेत गरेका छन् । उनले काठमाडौं, त्रिशुली र रसुवा हुँदै चीन तर्फ जोड्ने उच्च कोटीको राजमार्ग बनाउनुपर्ने र पूर्वपश्चिम जोड्ने गरी मध्यम स्तरको राजमार्ग आवश्यक रहको बताएका हुन् ।

यससँगै तराई क्षेत्रमा ५ वटा र उच्च कोटीको राजमार्ग क्षेत्र आसपास १० वटा शहर बनाउनुपर्ने धारणा राखेका हुन् ।

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि राष्ट्रवादी भएर भन्दा पहिले अर्थशास्त्री भएर सोच्नु पर्ने बताए । उनले चीन र भारत दुवै तर्फ उच्च कोटीको राजमार्ग आवश्यक रहेकोको पाण्डेको तर्कसँग सहमती जनाए ।

पुर्वमन्त्री उमाकान्त झाले नेताको प्राथमिकतामा पर्ने आयोजनामा अर्थ मन्त्रालयले पनि बजेट विनियोजन गर्ने गरेको आरोप लगाए । नेपालमा विकास नहुनुमा अयोजनाको प्रभावकारिता अध्ययन नहुनु कारक रहेको औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment