Comments Add Comment

मृत्युपछि मस्तिष्क दान गर्न वैज्ञानिकहरुको आग्रह

काठमाडौं । मान्छेले आफ्नो मृत्युपछि अनुसन्धानका लागि मस्तिष्क दान गनुपर्नेमा वैज्ञानिकहरुले जोड दिएका छन् । वैज्ञानिकहरुका अनुसार उनीहरुसँग डिप्रेसन र आघातबाट मुक्त भएका बिरामीहरुको मस्तिष्क छैन जसले गर्दा अनुसन्धान प्रभावित भइरहेको छ ।

उनीहरुले यस्तो मस्तिष्कको कुरा गरेका हुन् जो ‘पोस्ट ट्रम्याटिक डिसअर्डर’ को शिकार भएका छन् ।

वैज्ञानिकहरुका अनुसार मानिसहरुले यो बुझ्न सक्दैनन् कि यस प्रकारको बिमारी ब्रेन वायरिङ अर्थात मस्तिष्क संरचनामा बदलावका कारणले हुन सक्छ ।

मानिसको मस्तिष्कमा एउटा सुन्दर तथा जटिल संरचना हुने उनीहरु बताउँछन् । यसमा त्यस्तै विकास र बदलाव हुन्छ, जस्तो हामीमा विकास र बदलाव हुन्छ । हाम्रो शरीरको यो अंग हाम्रो व्यवहार र सोचको भौतिक उपस्थिति पनि हो ।

पछिल्ला वर्षमा सोधकर्ताहरुले मस्तिष्कको आकार र मानसिक तथा तान्त्रिक सम्वन्धी रोगहरुबीच सम्वन्ध खोजेका छन् ।

संसारका सबैभन्दा ठूला ब्रेन बैंकमध्ये एक हो बोस्टनस्थित म्याकलीन अस्पताल जहाँ तीन हजारभन्दा बढी मस्तिष्क संरक्षित छन् । यसमा अधिकांश नमूना मानसिक र तान्त्रिक सम्वन्धी विकासहरु युक्त छन् ।

तर यसका बाबजुद बैज्ञानिकहरुले भनेका छन् कि यी नमूनाहरु सोधका निम्ति पर्याप्त छैनन् । त्यसैले संसारभरीका वैज्ञानिकहरुले अपिल गरिरहेका छन् कि पार्किन्सस, अल्जाइमर्ससमेत सबै मानसिक विकारहरुको नयाँ उपचारका लागि मानिसहरुले मस्तिष्क दान गरुन् ।

म्याकलीन अस्पतालका प्रमुख वैज्ञानिक अधिकारी डा. क्यारी रेलर भन्छन्, ‘कयौं मानसिक तथा तन्त्रिका सम्वन्धी रोगको नयाँ उपचार वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् । तर ब्रेन टिस्यूको कमीले गर्दा यसको विकासमा रोकावट पैदा भएको छ ।’

प्रोफेसर सबिना भन्छिन्, ‘यदि कसैले सोचेको छ कि उनलाई कहिल्यै मानसिक रोग छैन, त उनीहरुले यसको दान किन गर्नुपर्‍यो । यस्तो सोच जीव विज्ञानको दृष्टिकोणबाट गलत छ ।’

– बीबीसी हिन्दीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment