Comments Add Comment

रकम अभावका बीच ४२ दिनमै मुसहर बस्तीमा आधा काम, दोश्रो तला उठाउन सुरु


८ फागुन, काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको निर्माण डेढ महिना नपुग्दै आधा सकिएको छ ।पुस २५ गते महजोडी (हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ) ले शिलान्याश गरेको बस्तीको ४२ दिनमै ५० प्रतिशत काम सकिएको हो ।

लामो समयदेखि अशिक्षा, बेरोजगारी तथा पिछडिएका यो बस्तीमा निर्माणधीन घरहरुको पहिल्लो तल्लाको काम सकिएको छ ।

अहिले बस्तीको ६ वटा घरहरुका पहिलो तल्लाको भित्रीे प्लास्टर सकिएको छ भने ४८ वटा घरको पहिलो तल्लाको काम सकिएको बस्ती निर्माण परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले जानकारी दिए ।

‘अब हामी छिट्टै बस्ती सकाउन सक्छौं, काम निकै तीव्रताका साथ अघि बढिरहेको छ’ परियोजना ब्यबस्थापक न्यौपानेले भने,’सबैको साथ र सहयोग पाए हामी नया बर्षमा बस्ती हस्तान्तरण गर्नेछौ’ ।

फाउण्डेसनका अध्यक्ष सितारम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अष्ट्रेलियाबाट फर्केलगत्तै लगातार बस्ती निर्माणमा खटिइरहेका छन् ।


सबैको साथ र सहयोगले काम तीव्र अघि बढिरहेको बताउँदै दुबैले अझै पनि श्रम सहयोगको लागी आग्रह गरेका छन् ।

‘बस्तीको काम जतिसक्दो छिटो सकाउन पाए मुसहरबासीले खुसीको सास फेर्न पाउने थिए’ फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, ‘अहिले हामीलाई केही स्वयम्सेवकहरुको आवश्यकता छ ।’

विभिन्न ठाउँबाट सहयोग रकम संकलन भईरहेपनि निकै ढिला गरि सहयोग आइरहेको उनले बताए । सहयोगीहरु बढिरहेपनि आफुहरुसँग बस्ती निर्माणका लागि लामो समय नभएकाले सहयोग गर्न चाहने सबैलाईर् सक्दो सहयोग गर्न आग्रह समेत गरेका छन् ।

फाउण्डेसनले बस्ती निर्माणका लागी ४ करोड ७८ लाख लागत अनुमान गरेपनि हालसम्म फउण्डेसनलाई २ करोड ५८ लाखको हाराहारीमा सहयोग प्राप्त भएको छ ।


फाउण्डेसनका लेखा अधिकृत सरोजजँग खत्रीकाअनुसार बस्ती निर्माणका लागी अझै पनि २ करोडभन्दा बढी रकम आबश्यकता छ । ४२ दिनमा ५० प्रतिशत काम भएको नमुना बस्तीका लागि फाउण्डेसनले अहिलेसम्म २ करोडको हाराहारीमा खर्च गरिसकेको छ ।

१ करोड ५० लाखको हाराहारीमा खर्च भईसकेको र निर्माणका लागी खरिद गरीएका निर्माण सामाग्रीको बाँकी रकम ५० लाखभन्दा बढी भने भुक्तानी गर्न बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment