Comments Add Comment

धोनी आईपीएल टिम पुनेको कप्तानबाट बर्खास्त

८ फागुन, काठमाडौं । महेन्द्र सिंह धोनी आईपीएल टिम पुनेको कप्तानबाट बर्खास्त भएका छन् । उनको स्थान यो सिजन स्टिभ स्मिथले लिनेछन् ।

आईपीएलका सफल कप्तान मानिएका धोनीले गत सिजन टिम पुनको डेब्यू सिजन कप्तानी गरेका थिए । तर, ९ खेल हर्‍यो भने ५ मा जित हात पार्‍यो र पुने आईपीएलको सातौं स्थानमा रहृयो ।

गत सिजन आईपीएलमा धोनीको व्यक्तिगत प्रदर्शन पनि राम्रो रहेन । १२ इनिङमा मात्र २८४ रन बनाएका थिए । जसमा एक अर्धशतक पनि छ ।

जबकि मात्र ८ खेल खेलेका अष्ट्रेलियाका स्मिथले एक शतकहित २७० रन बनाएका थिए ।

धोनी आईपीएलको पछिल्लो ९ सिजन कप्तान रहेका थिए । उनले २००८ देखि १५ सम्म चेन्नई सुपर किङ्ग्सको कप्तानी गरे । गत सिजन उनको टोली पहिलो पटक आइपिएलको प्ले अफमा पुग्न असफल भएको थियो ।

उनले चेन्नईलाई २०१० र ०११ मा आईपीएल जिताए भने २०१० र २०१४ मा च्याम्पियन्स लिग पनि उनकै टिमले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment