Comments Add Comment

बच्चाको जासुसी गर्ने गुडिया नष्ट गर्न सरकारको आदेश

जर्मनीको दुरसञ्चार संस्थानले मान्छेसँग दोहोरो कुराकानी गर्नसक्ने गुडिया ‘केयला’ लाई नष्ट गर्न आदेश दिएको छ । यसभित्रको स्मार्ट प्रविधिबाट निजी डाटाको जानकारी ह्याकरको हातमा पुग्न सक्ने खतरा औंल्याउँदै यस्तो आदेश दिइएको हो ।

स्मार्ट डल केयला यस्तो गुडिया हो, जसले कुनै पनि प्रश्न सोधिँदा इन्टरनेट एक्सेस गरेर जवाफ दिन सक्छिन् । उदाहरणका लागि बच्चाले ‘जर्मनीको राजधानी के हो ?’ भनेर केयलालाई सोध्यो भने केयलाले इन्टरनेट एक्सेसबाट जवाफ दिनेछिन् ‘बर्लिन’ ।

अन्वेषकहरुका अनुृसार ह्याकरले यस गुडियाको असुरक्षित ब्लुटूथको माध्यमबाट बच्चासँग कुरा गर्न सक्छन् वा उनीहरुको कुरा सुन्न सक्छन् । तर यूके खेलौना विक्रेता संघले भने केयलाबाट कुनै खास खतरा नरहेको जनाएको छ । ‘माइ फ्रेन्ड केयला’ नामको यस गुडियाको विक्रेता कम्पनी भिभिड टय गु्रपले भनिसकेको छ कि ह्याकिङको छिटपुट घटना भएका थिए र यसको समाधान ह्याकिङ विशेषज्ञहरुले गरिसकेका छन् । तर विशेषज्ञहरुले भने अझैसम्म ह्याकिङको खतरालाई समाधान नगरिएको बताएका छन् ।

केयलामा रहेको यो कमजोरीबारेे २०१५ को जनवरीमा पत्ता लागेको थियो । त्यसपश्चात अमेरिका र यूरोपेली संघका उपभोक्ता समूहहरुले उजुरी पनि दार्ता गराएका छन् । यूरोपेली संघका न्याय, उपभोक्ता र लैंगिक समानता आयोगका आयूक्त वेरा जूरोवाले बीबीसीसँग भने, ‘बच्चाको निजता र सुरक्षामा इन्टरनेटसँग जोडिएको यस गुडियाले पारेको असरलाई लिएर म चिन्तित छु ।’

यो स्मार्टडलले यूरोपेली संघको डेटा सुरक्षासम्वन्धि नियमहरु उल्लंघन त गरिरहेको छैन भनेर आयोगले जाँचबुझ गरिरहेको छ । यूनिभर्सिटी अफ सारल्यान्डका छात्र स्टीफन ऐसलले ‘माइ फ्रेन्ड केयला’ लाई लिएर कानूनी सवालहरु जन्माएका छन् ।

उनले जर्मन वेवसाइट नेट्जपलिटिक डट ओआरजीलाई बताए अनुसार १० मिटरको घेराभित्र ब्लुटूथ इनेबल्ड डिभाइसको माध्यमले केयलासँग कनेक्ट गर्न सकिन्छ । यसको अर्थ यो हो कि अर्को कोठामा बसेर जसले पनि गुडियासँग खेलिरहेका बच्चाको जासूसी गर्न सक्छ ।

बिबिसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment