Comments Add Comment

सुदूरपश्चिममा भएको सडक दुर्घटनाबाट माघमा १७ को मृत्यु

८ फागुन, कैलाली । सुदूरपश्चिममा पछिल्लो एक महिनामा सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले सार्वजनिक गरेको तथ्यांकअनुसार गत माघ महिनामा भएका २९ वटा सवारी दुर्घटनामा १५ पुरुष, एक महिला र एक बालकको मृत्यु भएको छ ।

गत महिनामा भएका २९ सवारी दुर्घटनामा १४ वटा मोटरसाइकल दुर्घटना भएका छन् । ६ वटा बस, पाँचवटा ट्याक्टर, तीनवटा जीप/कार र एउटा ट्रक दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

सवारी नियम उल्लंघन गर्ने २ हजार २२५ सवारीबाट जरिवानावापत २६ लाख ६१ हजार राजश्व संकलन गरिएको पनि ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment