Comments Add Comment

प्रधानमन्त्रीले मधेसी मोर्चाका चार अध्यक्षलाई बोलाए

८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चाका चार अध्यक्षलाई बालुवाटार बोलाएका छन् ।

भोलि चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले स्थानीय तह पुनर्संरचना र निर्वाचनबारे सहमति खोज्न साँझ ७ बजे बैठक बोलाएका हुन् ।

मधेसी मोर्चाका तर्फबाट फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावनाका राजेन्द्र महतो र तमसपाका अध्यक्ष महेन्द्र राय यादवलाई बैठकमा बोलाइएको छ । तर, उपेन्द्र यादव आजै नयाँदिल्ली गएकाले उनको स्थानमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठ बालुवाटार बैठकमा सहभागी हुनेछन् ।

मधेसी मोर्चामा सात दल आवद्ध छन् । तर, धेरै नेताहरुलाई बोलाउँदा सहमति खोज्न गाह्रो हुने भन्दै प्रमुख नेताहरुलाई मात्र बोलाइएको छ ।

त्यसअघि अहिले मधेसी मोर्चाको बैठक बस्दैछ । मधेसी मोर्चाको बैठक तमलोपा कार्यालय विजुली बजारमा साँझ ५ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment