Comments Add Comment

प्रिया देउजा मृत्यु प्रकरणः आमरण अनसन बस्ने आफन्तको घोषणा

८ फागुन काठमाडौं । प्रिया देउजा मृत्यु प्रकरणमा संलग्नलाई कारबाही नगरेको भन्दै पीडित परिवारका सदस्यहरुले आमरण अनसन सुरु गर्ने घोषणा गरेका छन् ।

गत सोमबार इमाडोलस्थित आफ्नै निवासको बेडरुमभित्र झुण्डिएको अवस्थामा २२ वर्षीया प्रियाको शव भेटिएको थियो । ज्वाइँ विप्लव सुवेदीले आफ्नी छोरीलाई मारेर झुण्ड्याएको आरोप माइती पक्षको छ । घरपट्टीकाले यसलाई आत्महत्या बताउँदै आएका छन् । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । पाेष्टमार्टम रिपोर्ट सार्वजनिक हुन बाँकी छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर  प्रियाका बुवा प्रधुम्नकुमार देउजाले एकहप्ता वितिसक्दा पनि प्रशासनले प्रभावकारी काम नगरेको आरोप लगाए । उनले यसैगरी प्रहरी प्रशासनले आलटाल गरिरहे आमरण अनसन सुरु गर्ने चेतावनी दिए ।

यो पनि पढ्नुहोस् 

तस्वीर हेर्नुहोस्, के यसरी ‘आत्महत्या’ हुन सक्छ ?

प्रियाका श्रीमानले फेसबुकमा किन लेखे ज्यान मार्ने कुरा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment