Comments Add Comment

कप्तान पारसको एपेन्डिक्सको सफल शल्यक्रिया, दिल्ली टुरमा नजाने

८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको एपेन्डिक्सको सफल शल्यक्रिया गरिएको छ । साथै ‘की-होल सर्जरी’ गरेर गुजल्टिएको आन्द्राहरु मिलाइएको छ ।

अचानक पेट दुखेपछि पारस शुक्रबार धापासीस्थित ग्राण्डी अस्पताल भर्ना भएका थिए । जाँचका क्रममा उनको आन्द्रामा अवरोध (रिकरेन्ट एपेन्डिसाइटिस वीथ इन्टेसटाइन अब्स्ट्रक्सन) देखिएको थियो ।

अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियोलाइसिस तथा की-होल सर्जरी गरिएको छ र, गुजुल्टिएको आन्द्राहरु मिलाइएको चिकित्सकहरुले बताएका छन् ।

साथै एपेन्डिक्सको आकस्मिक शल्यक्रिया (इमरजेन्सी ल्यापारोस्कोपिक एपेन्डिक्टोमी) गरिएको छ ।

पेटमा सानो प्वाल मात्र पारेर सर्जरी गरिएकाले खड्का चाँडै मैदान फर्कन सक्ने अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले बताए ।

खड्का आइतबार डिस्चार्ज भएका छन् । र, अर्को साता फलोअपका लागि बोलाइएको छ ।

खड्काको उपचारमा डा. प्रबिण बिक्रम थापा, डा. धिरेश महर्जन, डा. रोशन घिमिरे र डा. सन्तोष श्रेष्ठको टिम संलग्न रहेको थियो । एनेस्थेसियामा डा. मुरारीराज उप्रेती र डा. अर्चन अधिकारीको टिमले साथ दिएको थियो ।

भारत भ्रमणमा नजाने

चिकित्सकहरुले एक साता आराम गर्नु भनेकाले पारस दिल्ली टुरमा भने नजाने भएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको तयारीमा रहेको नेपाली टोली आगामी शुक्रबार दिल्ली जाने तय भएको छ ।

आन्द्रामा समस्या देखिएपछि पारस एक वर्ष अघि पनि फागुनमा नै नर्भिक अस्पताल भर्ना भएका थिए । साथै चैतमा थप उपचारका लागि दिल्ली गएका थिए ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याबीच फागुन २८ र ३० गते कीर्तिपुरमा खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment