Comments Add Comment

काठमाडौं-निजगढ फास्ट ट्र्याक निर्माण तत्काल थालौं: बाबुराम

८ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वाधार क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको बताएका छन् । उनले भौतिक पूर्वाधारमा बढ्दो लगानी आवश्यक छ कि छैन भन्ने नभई पूर्वाधार सेवा उपलब्ध गराउन कसरी पुँजी लगानी परिचालन गर्ने र सदुपयोग गर्ने भन्ने विषयमा बहस हुन जरुरी रहेको बताए ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार शिखर सम्मेलनमा भट्टराईले नेपालमा सडक तथा यातायात व्यवस्थाको स्तरोन्नती गर्न अत्यावश्यक रहेको बताए । ‘केही राजमार्ग र लिंक रोडलाई तीव्र गतिको द्रूतमार्गमा परिणत गर्नुपर्दछ’ उनले भने, काठमाडौं-निजगढ फास्ट ट्र्याकको निर्माण अविलम्ब सुरु गर्नुपर्छ । पूर्व-पश्चिम विद्युतीय रेल र अन्य सम्भावित उत्तर-दक्षिण रेलमार्गको निर्माणलाई पनि शीघ्रता प्रदान गर्नुपर्छ ।’

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र केही ठूला जलविद्युत परियोजनाहरुको निर्माण र कार्यान्वयन पनि आवश्यक रहेको उनले बताए ।

उनले समक्ष न्यून पुँजी स्रोत हुनु र नियमित बजेटद्वारा निर्माण भएका पूर्वाधार परियोजनाहरु कार्यान्वयनमा ल्याउन नसक्नु विडम्बना भएको बताए ।

नेपालका सामू चुनौतिहरुको सामना गर्न केही सम्भावना र अवसरहरु रहेको उनले बताए । उनले भने, मलाई आशा छ कि आगामी दिनहरुमा निजी क्षेत्रले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्नेछ र लगानी परिचालन, परियोजनाहरुको कार्यान्वयन र सेवा सञ्चालनमा अग्रता लिनेछ ।’

वैदेशिक पुँजी आकषिर्त गर्न पनि जरुरी रहेको भट्टराईले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment