Comments Add Comment

प्रहरीबाट लुटिएको एसएलआर भेटियो, ग्यास गनको खोजी जारी

८ फागुन, भैरहवा । रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकी वडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर बेवारिसे अवस्थामा भेटिएको छ । ग्यास गन भने अझै भेटिएको छ ।

प्रहरी चौकीमा स्थानीयले ढुगांमुढा प्रहार गरेपछि मर्चवार दिनभर तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए ।

झडपको क्रममा प्रहरीको साथमा रहेको एसएलआर र ग्यास गन लुटिएको थियो । जसमध्ये एसएलआर मर्चवारको बगौली-६ बेवारिसे अवस्थामा भेटिएको छ ।

शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । यो घटनालाई लिएर नै झडप भएको भएकाले यसमा स्थानीयको नाममा सिके राउतका कार्यकर्ता संलग्न हुन सक्ने प्रहरीको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment