Comments Add Comment

शेख कमल अन्तर्राष्ट्रिय क्लव कपमा मनाङको बिजयी सुरुवात

८ फागुन, काठमाडौं । बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लव कप फुटबलमा मनाङ मस्र्याङ्दीले बिजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको समूह बी मा रहेको मनाङले घरेलु टोली मोहमेदन स्पोर्टिङलाई दुई शून्यले हराएको हो ।

चितगोङस्थित मोहम्मद अजिज रंगशालामा सुरुवातदेखि नै मोहमेदनलाई दवावमा राखेको मनाङले पहिलो हाफमा गोल गर्न नसकेपछि दोस्रो हाफको सुरुमै अग्रता लियो ।

५३औं मिनेटमा रोहित चन्दको पासमा स्ट्राइकर ओलावाले अफिजले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । अफिज खेलको म्यान अफ द म्यानसमेत चुनिए ।

खेल सकिनु ३ मिनेटअघि मनाङले दोस्रो गोल गर्दै जित सुनिश्चित गरायो । बिशाल राईले गोल गरेका थिए ।

तस्वीरः दिल तामाङ/एनएसजेएफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment