Comments Add Comment

सानिमाले दियो सन्दिपलाई क्रिकेट किट

८फागुन, काठमाडौं । सानिमा बैंक लिमिटेडले युवा क्रिकेटर सन्दिप लामिछानेलाई किट प्रदान गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सन्दिपलाई क्रिकेट किट हस्तान्तरण गरे ।

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको तयारीमा रहेका सन्दिपसहितको नेपाली टोली शुक्रबार भारत भ्रमणमा निस्कँदैछ । यसैको पूर्वसन्ध्यामा सानिमाले उनलाई किट हस्तान्तरण गरेको हो ।

सानिमाले सन्दिपलाई २ वर्षका लागि प्रयोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment