Comments Add Comment

बाहिरैबाट देखिन्छ यी बालिकाको मुटुको धड्कन

सबै मानिसको मुटु धड्किन्छ, तर यसलाई महसुस मात्रै गर्न सकिन्छ । के तपाईं विश्वास गर्न सक्नुहुन्छ, एक बालिकाको मुटुको धड्कन बाहिरैबाट सुनिने मात्रै होइन देखिन्छ पनि ।

रुसकी यी बालिकाको नाम हो विरसाब्या । मुटु धड्किएको बाहिरैबाट देखिने संभवतः उनी संसारकै एक मात्र व्यक्ति हुन् । विरसाब्या बाहिरबाट हेर्दा सामान्य छिन् । अरु बालिकाहरुजस्तै उनी हाँसखेल गर्छिन्, डान्स गर्छिन्, पढ्छिन् । तर उनको भित्री अवस्था अर्कै छ ।

डाक्टरका अनुसार यी बालिका ‘थोरैको एब्डोमिनल सिन्ड्रोम वा पेन्टालोजी अफ कैन्ट्रेल’ बाट ग्रस्त छिन् । उनको छातिभन्दा अलि तल अलिकति माथि उठेको मुटु प्रष्टै देखिन्छ, जसलाई पातलो छालाले ढाकेको छ । यो कसरी धडि्करहेको छ भनेर बाहिरैबाट हेर्न सकिन्छ ।

मुटुको सुरक्षाका लागि बिरसाब्या सँधै हलुका र मुलायम कपडा लगाउँछिन् । उनी भन्छिन्, ‘म पैदल हिँड्न, उपि|mन, उड्न चाहन्छु । तर मलाई छिटो हिँड्नलाई पनि डाक्टरले रोक लगाएका छन् ।’

जन्म भएका बेला नै बिरसाब्याको मुटुको अवस्था देखेर डाक्टरहरु अचम्भित भएका थिए । उनकी आमा डारी ब्रोन भन्छिन्, ‘डाक्टरले उनको अवस्था असाध्यै नाजुक छ भनेका थिए । पहिलोचोटि छोरीको मुटु चलिरहेको बाहिरबाट देख्दा मैले विश्वासै गर्न सकेकी थिइनँ । तर उनी बाँचिन्, यसैमा खुशी छु ।’

आफ्नो मुटुको संवेदनशीलताका कारण बिरसाब्या स्कुल जान सक्दिनन् । तर बाबुआमाले उनलाई घरमै पढाइरहेका छन् । उनी आफ्नो अत्यन्त सावधानीका साथ डान्स तथा खेलकुदमा भाग लिएर आफ्नो सौख पुरा गर्छिन् । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment