Comments Add Comment

दम्पतीका ६ रोचक प्रवृत्ति, तपाई कुन कित्तामा हुनुहुन्छ ?

हरके दम्पतीमा केहि न केहि बिषेता हुन्छन् । कसैको दाम्पत्य सुखद हुन्छन्, कसैको नाटकिय । यस्ता अनेक प्रवृत्ति हुन्छन्, दम्पतीमा पनि । तपाई कुन कित्तामा पर्नुहुन्छ त ? मूल्यांकन गर्नुहोस् ।

१. अभिभावकत्व दम्पती

यस किसिमको दम्पतीमा पती वा पत्नीमध्ये एक अभिभावक जस्तै व्यवहार गर्छन् ।

–   पती चाहन्छन्, आफ्नी पत्नीले आमाले जस्तै मेरो हेरचाह गरोस् ।

–   राम्रो खाना पकाइदियोस् ।

–   आफ्नो जरुरतको सबैकुरा जुटाइदियोस् ।

–   आमाले जस्तै वात्सल्य प्रदान गरोस् ।

–   कतिपय अवस्थमा पत्नीले पनि यस्तै अपेक्षा राख्छिन् ।

–   उनीहरु चाहन्छन्, कि आफ्नो पतिले पिताले जस्तै स्नेहपूर्ण व्यवहार गरोस् ।

–   आफ्नो रक्षा र केयर गरोस् ।

समस्या- यस किसिमको प्रवृत्तिले दाम्पत्य जीवनमा खासै असर गर्दैन । तर, यदि अपेक्षा बढ्दै गयो भने सम्बन्धमा खटपट ल्याउन सक्छ ।

२. पेन्डुलम दम्पती

यस्तो दम्पती कहिले एकअर्काको केयर गर्छन्, कहिले उपेक्षा पनि । अर्थात पेन्डुलम जस्तै कहिले यता त कहिले उता हुन्छ । यिनीहरुको मुड बद्लिइरहन्छ ।

–   यस किसिमको दम्पतीमा एक पार्टनरले अर्काको धेरै ख्याल राख्छन् । यद्यपी पार्टनरले आफुप्रति गरेको यस्तो व्यवहार अर्कोले महसुष नै गर्दैनन् ।

–   त्यस्तै दोस्रो पार्टनरले केयर गर्न थालेपछि अर्कोले वेवास्ता गरिदिन्छ ।

समस्या- यस्तो प्रवृत्ति भएको दम्पतीमा धेरै हुन्छन् । खासगरी भिन्न भिन्नै पृष्टभूमी, संस्कारमा हुर्किएका उनीहरु आपसमा राम्ररी मिलेर बस्न सक्दैनन् ।

३. असुरक्षित दम्पती

यसखाले दम्पतीमा एकजना पार्टनरको आत्माविश्वस यति कम हुन्छ कि, अर्कोप्रति पूर्ण निर्भर हुनुपर्छ ।

–   यिनीहरुले अर्को पार्टनरलाई आफ्नो आदर्श मान्छन् ।

–   आफु स्वंमलाई भन्दा पार्टनरलाई बढी विश्वास गर्छन् ।

समस्या- यिनीहरु आफ्नै बारेमा नकारात्मक धारणा पालेका हुन्छन् । त्यसैले दोस्रो पार्टनर यिनीमाथि हावी हुन्छन् । उसले आफ्नो बढाई-चढाई गर्छन् तर, उनी पनि पूर्ण क्षमतावान हुदैनन् । आफ्नो पार्टनर आफुप्रति निर्भर रहेको र कमजोर रहेको कुराले उनमा जहिले पनि असुरक्षा महसुष हुन्छ ।

४. नाटकिय दम्पती

यिनीहरु सानोतिनो कुरामा पनि ठाकठुक परिरहन्छ । तर, अर्काको अगाडि निकै मिलेको अभिनय गर्छन् ।

–   यस्तोमा दुबै दम्पतीमा परिपक्कताको कमी हुन्छ ।

–   यिनीहरुले पार्टनरको भावनाको कदर गर्दैनन् ।

–   यिनीहरु त्यसैपनि तर्क बितर्क गरिरहेका हुन्छन् ।

समस्या- कहिले कहिं यस्ता दम्पती सार्बजनिक स्थानमै झगडा गर्न सुरु गर्छन् । एकअर्कामा बिबाद नगरी उनीहरु बस्नै सक्दैनन् । आफ्नो दाम्पत्य सुखमय नहुने भएकाले उनीहरु जहिले पनि असुरक्षित महसुष गर्छन् ।

५. परिपक्क दम्पती

यो स्थिर र प्रतिष्ठित दम्पती हो । यिनीहरुले एकअर्कालाई सम्मान मात्र गर्दैैनन्, स्पेश र प्राइभेसी पनि दिन्छन् ।

–   यस किसिमको दम्पतीले पार्टनरको खुबी र कमजोरी दुबै बुझेका हुन्छन् ।

–   सम्बन्धमा आएको उतारचढावलाई पनि उनीहरुले सहज रुपमा हल गर्न सक्छन् ।

–   यिनीहरुले सार्बजनिक स्थानमा आफ्नो समस्या कहिल्यै खुलाउँदैनन् ।

–   उनीहरु एकअर्कामा हावी हुने चेष्टा गर्दैनन् ।

समस्या- कहिले कहिं आवश्यक्ताभन्दा बढी परिपक्कताले उनीहरुको दाम्पत्यलाई निरास बनाउन सक्छ । उनीहरुमा बिवाहित जोडीमा हुने मीठो नोंक-झोंक कमै देखिन्छ ।

६. पूर्ण दम्पती

यस्तो दम्पती एकअर्काको निकै ख्याल राख्छन् । साथै अरुको सामुन्ने आदर्श जोडीको रुपमा आफुलाई स्थापित गर्न सक्छन् ।

–   यिनीहरु आपसमा यति प्रेम गर्छन् कि, उनीहरुको यो घनिष्ठता इष्र्यालाग्दो हुन्छ ।

–   यिनीहरु त्यस्तै रुपमा आफुलाई प्रस्तुत गर्छन्, जो अरुको निम्ती अनुकरणिय हुन्छ ।

–   यिनीहरु कुनै समारोह, भेटघाटमा एकअर्कामा मिल्दो पहिरन लगाएर उपस्थित हुन्छन् ।

समस्या- यस्तो दम्पतीको प्रवृत्ति के पनि हुनसक्छ भने, एकजना बोस बस्ने र अर्को सहसनसिल । वाहिरबाट राम्रो देखिएपनि उनीहरुमध्ये एक पार्टनर दबिएको हुनसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment