Comments Add Comment

समर फेसनमा बलिउड हिरोइनः कसलाई कस्तो सुहाउँछ ?

क्रमस मौसमी तापमान बढ्दैछ । यस्तो सिजनमा कस्तो पहिरन लगाउने ? फेसनेबल पुस्तामा खुल्दुली पैदा हुन थालेको होलान् । त्यसो त जाडोको बिदाईसँगै अहिले बजारलाई समर फेसनले चलायमान बनाउँदैछ ।

फेसन बिज्ञहरु भन्छन्, ‘यस सिजनमा हल्का र उज्यालो रंगको पहिरन उपयुक्त हुन्छ । समरका लागि उनीहरुले लुज पहिरन सिफारिस गर्ने गरेका छन् । मिडी त्यस्तै पहिरन हो, जो स्टाइलिस त देखिन्छ नै, समायनुकुल पनि ।

यो आकारमा न धेरै छोटो हुन्छ, न धेरै लामो । मिडीले युवतीलाई कुल र क्याजुअल लुक्स दिन्छ । अक्सर बलिउड अभिनेत्रीहरु समेत यस्तो मिडीमा देखिने गरेका छन् । मिडीमा उनीहरुको लुक्स पफ्रेक्ट देखिन्छन् ।

आलिया भट्ट

आलिया भट्ट बलिउडमा न्यू स्टाइल आइकन हुन् । उनी अक्सर आफ्नो नयाँ फेसन ट्रेन्डमा अपडेट रहन्छिन् । फिल्म ‘डियर जिन्दगी’ प्रमोसनका क्रममा उनले लगाएको मिडीको निकै चर्चा भयो । त्यसमा उनले ह्वाइट कट मिडी पहिरिएकी थिइन् । साथै यससँग उनले पिंक न्यूड लिपस्टिक, पेस्टल पिंक सेन्डल लगाएकी थिइन् । यस्तो पहिरनमा उनलाई निकै आकर्षक देखियो ।

दीपिका पादुकोण

एक इभेन्टमा दीपिका पादुकोण बटन डाउन शर्ट मिडी पहिरिएकी थिइन् । यसै पहिरनसँग कम्बिनेसन मिलाएर उनले रातो लिपस्टिक लगाएकी थिइन् । यस्तो व्यक्तित्वमा उनलाई खुब सुहाएको थियो ।

ऐश्वर्य राय

दुबईका डिजाइनर आइशा रामदानले डिजाइन गरेको मिडीमा निकै खुलेकी थिइन्, ऐश्वर्य राय । यो पहिरन उनले ‘सरबजीत’ फिल्मको प्रमोसनमा पहिरिएकी थिइन् । यस लुकलाई पुरा गर्नका लागि उनले सिल्भर फुटवेयर लगाएकी थिइन् ।

प्रियका चोपडा

एक समारोहमा प्रियका चोपडाले ब्ल्याक मेटल ड्रेस लगाएकी थिइन् । उनको पहिरन गोल्ड र सिल्भर मेटलमा सजिएको थियो ।

करिना कपुर

उनी स्टाइल र ड्रेस सेन्सका लागि चिनिन्छन् । एक कार्यक्रममा करिना फुल सील्वस प्रिन्टेट मिडीमा झुल्किएकी थिइन् । उक्त पहिरनले धेरैको ध्यान खिचेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment