Comments Add Comment

सोफियाको पैतालामा स्वस्तिक चिन्ह, सामाजिक सञ्जालमा गाली खाइन्

बलिउडकी बोल्ड अभिनेत्रीबाट भिक्षुणी बनेकी सोफिया हयातले पवित्र स्वस्तिक चिन्हलाई आफ्नो पैतालामा खोपेर लफडामा फसेकी छिन् । यसवापत उनले सामाजिक सञ्जालमा चर्को आलोचना खेप्नु परेको छ ।

सोफियाले आफ्ना दुवै पैतालामा स्वस्तिक चिन्ह खोपेको तस्बिर इन्स्टाग्राममा हालेकी थिइन् । लगत्तै उनीमाथि गालीको वर्षा  हुन थाल्यो । कसैले उनलाई प्रहरीले तत्काल पक्राउ गर्नुपर्ने माग गरे भने कसैले देश निकाला गर्नुपर्ने पनि बताए । यद्यपि प्रहरी-प्रशासनले यसलाई खासै गम्भीररुपमा लिएको छैन । यसका अलावा सोफियाले आफ्नो घुँडामुनी मुस्लिम धर्मको प्रतीकवाला ट्याटु खोपेकी छिन् ।

सोफयाले अघिल्लो वर्षको मेमा आफू भिक्षुणी बनेको खुलासा गरेकी थिइन् । उनले आफ्नो सिलिकन ब्रेस्ट पनि हटाएइकी थिइन् । प्रेम सम्वन्धमा प्रताडित भएका कारण आफू भिक्षुणी बनेको उनको स्पष्टोक्ति थियो ।

भिक्षुणी बनेपछि सोफिया सेतो कपडामा देखिइन् । तर पछिल्ला केही दिनमा उनलाई पुरानै बोल्ड अवतारमा सामाजिक सञ्जालमा देखिएको छ । सेक्सी पहिरनका साथै उनले केवल ब्रा लगाएर आफ्नो फोटो तथा भिडियो पोष्ट गरेकी थिइन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment