Comments Add Comment

चैत १९ बाट नेपालमा युरो-४ स्ट्याण्डर्डको तेल, कति महंगो पर्ला ?


९ फागुन, काठमाडौं । अगामी चैत १९ गतेबाट युरो-४ स्ट्यान्डर्ड डिजेल-पेट्रोलको बिक्री सुरु हुने भएको छ । भारतले आफ्नो देशमा अप्रिलबाट पूर्णरुपमा युरो-फोरको तेल बिक्री सुरु गर्दैछ ।

भारतले अप्रिलको सुरुवातबाटै नेपालमा सोही गुणस्तरको तेल पठाउने सहमति दिएको हो । हालै मुम्बईमा भएको द्वीपक्षीय बैठकमा नेपाल आयल निगम र भारतीय आयल कर्पोरसनबीच युरो-फोर स्ट्याण्डर्डको तेल खरिद-बिक्री गर्ने सैद्धान्तिक सहमति भएको छ ।

यो विषयलाई आगामी मार्च महिनामा हुने व्यापार सम्झौता नवीकरण सम्झौतामा उल्लेख गर्न आयल निगम र आईओसीका अधिकारीले समझदारी गरेका छन् । लिखित सम्झौता भने हुन बाँकी छ ।

अहिले नेपालमा भारतबाट युरो-थ्री स्ट्याण्डर्डको तेल मात्रै आउने गरेको छ । निगमका प्रवक्ता भानुभक्त खनालका अपि्रलबाट भारतले आफ्ना रिफाइनरीहरुबाट पूर्ण क्षमतामा युरो-फोर मापदण्डको तेल प्रोशोधन गर्ने भएकाले नेपालले पनि त्यसको लाभ पाउन लागेको बताए ।

कति महंगो पर्ला ?

‘आइओसी हामीलाई पनि राम्रो गुणस्तरको तेल दिन तयार छ । हामीले युरो-फोर गुणस्तरको तेल ल्याउने विषयलाई पनि ब्यापार सम्झौता नवीकरणको एजेण्डा बनाउँदै छौं’, खनालले भने, ‘सम्झौता लगत्तै भारतबाट युरो-फोर मापदण्डमा रिफाइन भएको तेल नेपाल आउँछ । उपभोक्ताले पनि यसको लाभ उठाउँछन् ।’

भारतले सन् २०२० बाट युरो-सिक्स मापदण्डको तेल प्रशोधन गर्ने योजना बनाएको छ । अहिले देशभरका कच्चा तेलको प्रशोधन केन्द्रमा उसले युरो-फोर स्तरको तेल उत्पादन गर्न प्राविधिक तयारी लगभग टुंग्याएको छ ।

युरो फोर मापदण्डको तेल हालको भन्दा खासै महंगो पर्नेछैन । अहिले प्रयोगमा रहेको भन्दा करिब ३० पैसामात्रै महंगो हुने आयल निगमले जनाएको छ । यसकारण अहिलेभन्दा तेलको मूल्यमा ठूलो अन्तर हुने छैन ।

‘प्रदूषण घटाउँछ, कार्यक्षमता बढाउँछ’

सवारीको धुवाँलाई कम गर्न सहयोगी हुने युरो-फोर गुणस्तरको तेलले न्यून परिमाणमा प्रदूषण उत्सर्जन गर्छ । यो सवाीका कारण हुने प्रदुषण घटाउन पनि प्रभावकारी हुनेछ ।

युरो-फोर मापदण्डको इन्धनमा सल्फरको कम हुन्छ । जसका कारण सवारीसाधनको कार्य क्षमता पनि बढ्छ भने प्रदुषण पनि यसले कम गर्न मद्दत गर्छ ।

यसले तेलकै कारण सवारीको इञ्जिनमा पर्ने असर पनि हटाउँछ र इञ्जिनको आयु पनि बढाउन सहयोग गर्छ ।

महत्वपूर्ण कुरा, युरो फोर मापदण्डको तेलमा ४० पीपीएमको सल्फर हुन्छ । जुन अहिले प्रयोगमा रहेको पेट्रोलमा १५० र डिजेलमा ३५० पीपीएम हुन्छ । सल्फरको मात्रा कम हुनु नै यसको महत्वपूर्ण विशेषता हो ।

भारतले केही समय अघिबाटै आफ्ना महत्वपूर्ण शहरहरुमा युरो-फोर गुणस्तरको तेलको बिक्री थालिसकेको थियो । अब अप्रिलबाट भने सबै ठाउँमा यो क्रम सुरु हुनेछ ।

नेपालले भारतबाट मात्रै पेट्रोलियम पदार्थ आयात गर्ने गरेको छ । वर्षमा झण्डै १ खर्ब रुपैयाँभन्दा बढीको तेल आयात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment