Comments Add Comment

बेल्जियम दूताबासमा प्रजातन्त्र दिवस मनाइयो

बार्सिलोना । नेपाली दूताबास बेल्जियमले एक विशेष कार्यक्रमको आयोजना गर्दै ६७ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । बेल्जियमस्थित नेपाली संघ संस्था तथा नेपाली समुदायको उपस्थितिमा आइतबार दूताबासले राष्ट्रिय प्रजातन्त्र दिवसको सम्झना गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै युरोपियन युनियन तथा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले प्रजातन्त्र दिबसको अबसरमा बेनेलक्स क्षेत्र बेल्जियम, नेदरल्याण्ड र लक्जम्बर्गमा रहेका नेपालीहरुलाई शुभकामाना ब्यक्त गरेको दूताबासद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो अबसरमा राजदूत थापाले  मानव अधिकार र व्यक्तिगत स्वतन्त्रताका लागि  प्रजातन्त्र  महत्वपूर्ण रहेको बताउँदै लोकतान्त्रिक अधिकारलाई मजबूत पार्नको लागि सबैले देशप्रतिको जिम्मेबारी निभाउनु पर्नेमा जोड दिए । लोकतान्त्रिक अधिकार, हाम्रो भूमिका र जिम्मेबारीबीच राम्रो सन्तुलन बनाउन जरूरी रहेको पनि राजदूत थापाले औल्याए ।

लोकतन्त्र र सशक्तिकर बीचको सम्बन्धलाई जोड दिँदै उनले शिक्षा र उद्यमशीलता ध्यान केन्द्रित गर्नु आजको आवश्यकता रहेको बताए । राजदूत थापाले प्रबासमा रहेका नेपालीहरुले देशको बिकासका लागि लागि महत्पूर्ण योगदान दिएको स्मरण गर्दै,पछिल्लो ६६ बर्षमा नेपालको लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्न खेलेको भूमिकाको समेत प्रशंसा गरे ।

समारोहमा गैरआबासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सचिव अर्जुन कुमार श्रेष्ठ, गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमका उपाध्यक्ष पदम गुरुङ, बेल्जिय स्थित संघ सस्थाका प्रतिनिधिहरु, ब्यबसायी,प त्रकार तथा सर्बसाधारणको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment