Comments Add Comment

यती अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा जोडियो

९ फागुन, काठमाडौं । यती डेभलपमेण्ट बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक बैकिङ्ग सुबिधा उपलब्ध गराउदैं लैजाने उद्देश्यले यहि फागुन ९ गते देखी  नेपाल क्लियरिङ्ग हाउस लिमिटेसँग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा शुरुवात गरेको छ ।

यो प्रणालीमा  आवद्ध बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गररिने छ । यो सेवा अन्तर्गत ग्राहकको रकम स्थानान्तरण, सेयर लाभांश भुक्तानी, सेयरमा नपरेको रकम फिर्ता, बिल भुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा बैंकले ग्राहकहरुलाई उपलब्ध गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment